
बिबियु,नारी वाटीका डट्कम
धादिङ -१९असोज ।
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका पुर्व अध्यक्ष एव् वरिष्ठ पत्रकार हरि लम्सालको निधन भएको छ । लामो समयदेखि श्वासप्रश्वास सम्बन्धी रोगबाट पीडित लम्सालको यही असोज १७ गते बिहान काठमाडौंस्थित हृयाम्स अस्पतालमा निधन भएको हो ।
पाँच दशकभन्दा लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहँदै आएका लम्साल पछिल्लो समय राष्ट्रवाणी साप्ताहिकका प्रधानसम्पादक हुनुहुन्थ्यो । बुढानिलकण्ठ नगरपालिका–१० निवासी लम्सालका दुई छोराहरु विकास लम्साल र विशाल लम्साल पनि पत्रकार नै हुनुहुन्छ ।
महासंघ काठमाडौं शाखाका पूर्वसभापति लम्सालले नेपाली पत्रकारिता र श्रमजीवी पत्रकारको हकहितका लागी सक्रिय अभियान कै रुपमा भूमिका निर्वाह गर्दै आएका थिए ।
स्वर्गीय लम्सालको शनिबार नै पशुपति आर्यघाटमा धार्मिक परम्पराअनुसार दाहसंस्कार गरिएको थियो। त्यसअघि लम्सालको पार्थिव शरीरमा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका पदाधिकारी, सदस्यहरुलगायतका सञ्चारकर्मीहरुले श्रद्धाञ्जली अर्पण गरेका थिए ।
लम्सालको निधनले नेपाली पत्रकारिता जगत्मा एक योग्य,अनुभवी र परिपक्व पत्रकारलाई गुमाएको नेपाल पत्रकार महासंघले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस