
नारी वाटीका डट्कम
काठमाडौं -२०असोज ।
असोज १८ गतेदेखी सुरु भएको नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आज पनि जारी रहेको छ । शोमबार दिउँसोबाट सुरु भएको बन्दसत्र चलिरहेको छ । तर यता केन्द्रमा पदाधिकारीका लागी विभिन्न पदमा उम्मेदवारी दर्ता सुरु हुन बाँकी नै रहेको भएपनि उम्मेदवार बन्न चहानेहरु आ आफ्नो पक्षमा भोट हाल्नको लागी प्रचार प्रशारमा लागीसकेका हुन् ।
बन्दसत्रमा सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदनसहित चारवटा प्रतिवेदन पेस गर्नु भएको थियो । त्यसैगरी उपसभापति विश्वप्रकाश शर्माले पछिल्लो समयमा प्राकृतिक विपत्,वातावरण प्रदुर्शन नियन्त्रण,विपत्ले देशमा पुर्याएका ठुलो धनजनको क्षतिको पुर्ननिर्माणलगायतका समसामयिक प्रतिवेदन पेस गर्नु भएको हो।
यस्तै,महामन्त्री गुरुराज घिमिरेले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत पछी सोही प्रतिवेदनमाथि आज दोस्रो दिनको बन्दसत्रमा पनि छलफल हुने पार्टी स्रोतले जनाएको छ।
साथै सम्पुर्ण कार्यक्रमका सम्वन्धित छलफल खुलामञ्चको तीनवटा हलमा भइरहेको छ । यता देशभरबाट महाधिवेशमा सहभागी भएका प्रतिनिधिहरु मध्य धेरै आकाँक्षीहरुले विभिन्न पदका लागि आजदेखि हुने निर्वाचनमा उम्मेदवारी दिने तयारीमा छन् । देशभरबाट ७ हजार भन्दा बढी महाधिवेशन प्रतिनिधिले नाम दर्ता गरिसकेको व्यवस्थापन समितिले जानकारी दिएको छ ।
निर्वाचनको कार्यतालिका अनुसार आज बिहान १० बजेदेखि उम्मेदवारी फारम वितरण गरिने र दिउँसो १ बजेदेखि उम्मेदवारी दर्ता सुरु हुने,निर्वाचन प्रक्रियासँगै समानान्तर रूपमा दिनभरि बन्दसत्र चल्ने निर्वाचन समितिले जनाएको छ।
साथै भोली असोज २२ गते खुल्ला मञ्च, प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय सभागृहमा मतदानको प्रकृया सकी पार्टीको केन्द्रीय कार्यालय सानेपामा लगेर मतगणना गरिने निर्वाचन समितिले जानकारी दिएको छ।












प्रतिक्रिया दिनुहोस