
निर्वाचित पदाधिकारीहरुको नामावाली भने सार्वजनिक हुन बाँकी
बिबियु,नारी वाटीका डट्कम
धादिङ-२४ असोज ।सभापति
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले धदिङमा क्षेत्रको अधिवेशन सम्पन्न गरेको छ। धादिङ क्षेत्र न. १ र २ अन्तर्गतको प्रदेश क र ख दुबै क्षेत्रको अधिवेशन शनिबार धादिङवेशीको सिटिहलमा सम्पन्न गरेको हो। 
देउवा समुहका काँग्रेस रामकृष्ण अधिकारीको संयोजत्वमा भएको कार्यक्रममा काँग्रेस देउवा समुहका नेता डा. प्रकाश शरण महतको प्रमुख आतिथ्यता रहेको थियो ।
देउवा समुहदवारा आयोजित अर्को १५औं अधिवेशनबाट प्रदेश क र ख को कार्यसमिति बागमती प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधिहरूको छनोट सर्वसम्मत भएको आयोजकले जनाएको छ।
देउवा काँग्रेस धदिङका नेता गोपाल विश्वकर्माका अनुसार निर्वाचित महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि प्रदेश र क्षेत्रीय कार्यसमितिको नामावली भने निर्वाचन अधिकृतको निर्णयपछि मात्र सार्वजनिक गरिने बताए । 
तर नवनिर्वाचित सभापतिहरू क्षेत्रीय प्रतिनिधिहरू बागमती प्रदेश प्रतिनिधिहरू पदाधिकारी तथा कार्यसमितिहरू , सदस्यहरू सबैलाई आयोजक कमिटीले बधाई तथा शुभकामना भने व्यक्त गरेको छ ।












प्रतिक्रिया दिनुहोस