आज: २०८३ आश्विन २८, बुधबार | Wed, 14, Oct, 2026

आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पुजा आरधना गरिँदै

२०८३ आश्विन २८, बुधबार मा प्रकाशित ( ३७ मिनेट अघि) ३२ पटक पढिएको
नारी बाटिका


‍बिबियु,नारी वाटिका डट्कम
धादिङ -२८ असोज ।

शारदीय नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा देशभरका दसैँघर, पूजाकोठा र शक्तिपीठहरूमा नवदुर्गा मध्येकी चौथो स्वरूप कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ।

पौराणिक मान्यता अनुसार सृष्टिको रचना हुनुअघि चारैतिर अन्धकार छाएको अवस्था थियो । सो बखत यिनै कुष्माण्डा देवीले आफ्नो शरिरको शक्तिले ब्रह्माण्डको रचना गरेकी थिइन् ।

नामको अर्थ हो: आफ्नो ‘कुष्माण्ड’ उष्णता ऊर्जा वा त्रिविध ताप) द्वारा ब्रह्माण्ड उत्पन्न गरेकाले उहाँलाई कुष्माण्डा देवी भनिएको हो।

बासस्थान: ष्णता र शीतलतालाई सन्तुलनमा राख्न सक्ने यी देवीको बास सूर्यमण्डलभित्र रहेको धार्मिक विश्वास रहेको छ।

धार्मिक पूजा विधि अनुसार नवरात्रको आज चौथो दिनमा पूजा कोठामा चण्डीपाठ, देवी स्तोत्र र मन्त्र उच्चारण गरी विधिपूर्वक पूजा गरिन्छ। यस दिन पूजा गर्नाले शुभता, ऊर्जा र आयु प्राप्त हुने विश्वास  ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑