आज: २०८३ आश्विन २९, बिहिबार | Thu, 15, Oct, 2026

कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म आउने

२०८३ आश्विन २९, बिहिबार मा प्रकाशित ( ७ मिनेट अघि) १२५ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ- २९ असोज ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन केन्द्रीय नयाँ नेतृत्व चयनका लागि भइरहेको मतगणनाको सम्पूर्ण परिणाम आज रातिसम्म सार्वजनिक हुने भएको छ। निर्वाचन समितिले दिएको जानकारी अनुसार बिहिबार रातिसम्म सबै मतपरिणाम आउने बताएका हुन्।

नयाँ नेतृत्व चयनका लागि कांग्रेसको सम्पन्न १५ औं महाधिवेशनबाट सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री पदको मतगणना सम्पन्न भइसकेको छ। अब केन्द्रीय सदस्यका विभिन्न समूह तर्फको मतगणना जारी छ। दशैंको मुख भएकोले मतगणनालाई तीव्रता दिएर बाँकी परिणाम आजै सार्वजनिक गर्ने तयारी गरिएको हो।

यसअघि सम्पन्न मतगणनाको परिणामबाट सभापतिमा गगनकुमार थापा ६ हजार ५८४ मत प्राप्त सर्वाधिक मतले निर्वाचित भइसक्नु भएको छ । यस्तै,उपसभापतिमा चन्द्रकान्त भण्डारी, मधु आचार्य र विनोदकुमार चौधरी,महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला,सहमहामन्त्रीमा खुला तर्फ अजयबाबु शिवाकोटी र रामहरि खतिवडा निर्वाचित भएका छन्।

यसैगरी,केन्द्रीय सदस्यतर्फको खुलामा महिला, प्रदेशगत, समावेशी तथा अन्य समूहको मतगणना भइरहेको छ। खुला केन्द्रीय सदस्यतर्फ ४५ पदका लागि प्रतिस्पर्धा छ। धेरै उम्मेदवार र ठूलो संख्यामा मतपत्र गणना गर्नुपर्ने भएकाले सबै पदको अन्तिम परिणाम सार्वजनिक गर्न बाँकी छ ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा विभिन्न समूह बनाएर मतगणनाको कार्यलाई तिब्र पारिएका छ। बाँकी समूहको गणना सम्पन्न गरी आज रातिसम्म सम्पूर्ण परिणाम सार्वजनिक गर्ने लक्ष्य समितिले राखेको छ।

सम्पूर्ण मतपरिणाम सार्वजनिक भएसँगै कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको पूर्ण संरचना तयार हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑