आज: २०८३ कार्तिक १२, बुधबार | Wed, 28, Oct, 2026

बालबालिका,सुत्केरी र गर्भवतीलाई इनर्जी ड्रिंक्स् नखान सुझाब

२०८३ कार्तिक १२, बुधबार मा प्रकाशित ( १ घण्टा अघि) २८० पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ -११ कात्तिक ।

बालबालिका, गर्भवती तथा सुत्केरी महिलालाई इनर्जी ड्रिंक्स नखान सुझाब दिएको छ।सरकारको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मधुमेहका रोगी र क्याफिनले असर गर्ने व्यक्तिहरूलाई पनि यस्ता ड्रिंक्स नपिउन सुझाब दिएको हो।

बुधबार विभागले एक सुचना जारी गर्दै इनर्जी ड्रिंक्स पिउन मिल्ने स्वस्थ वयस्क व्यक्तिले पनि दिनमा दुई वटा क्यानभन्दा बढी पिउनु नहुने सल्लाह दिएको छ ।

कमजोर तथा थकानको समयमा शरीरमा शक्ति पर्दान गर्नको लागी पिउने गरिएको तथा बिक्रीका लागी नेपालमा अनुमति लिएका १७ वटा उद्योगहरु बाट उत्पादीत इनर्जी ड्रिंक्स बजारमा आइरहेका छन्।

उल्लेखित ड्रिंक्सहरु जाँच गर्दा एक क्यानमा १०० मिलिग्रामसम्म क्याफिन पाइएको विज्ञहरुले जनाएका छन्। अन्तर्राष्ट्रिय नियम अनुसार एक जना स्वस्थ मानिसले दिनमा ४०० मिलिग्रामसम्म क्याफिन पिउन सकिनेछ ।

यसैगरी, इनर्जी ड्रिंक्सलाई पानी, जुस, दूध वा मोहीजस्ता फाइदा जनक पेय पदार्थको रुपमा प्रयोग नगर्न र अरू पेय पदार्थमा मिसाएर नपिउन पनि सुझाएको छ।

साथै उत्पादक कम्पनीहरूलाई अनुमति लिएर मात्र विज्ञापन गर्नु पर्ने र बट्टामा चेतावनीका कुरा स्पष्ट बुझिनेगरी लेख्नु पर्ने नियम रहेको विभागको भनाई छ। नियम नमान्ने र खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ विपरीत काम गर्ने व्यवशायीलाई कारबाही गरिने समेत विभागले चेतावनी दिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


↑