आज: २०८३ कार्तिक २७, बिहिबार | Thu, 12, Nov, 2026

नाम्चे बजारमा ३.१ म्याग्निच्युडको भुकम्प

२०८३ कार्तिक २७, बिहिबार मा प्रकाशित ( २0 मिनेट अघि) २४९ पटक पढिएको
नारी बाटिका


नारी वाटिका डट्कम
नाम्चे -२६ कात्तिक ।

गएराति सगरमाथा क्षेत्र भएर भूकम्प गएको छ। बुधबार राति ११ बजेर १५ मिनेटमा सगरमाथाको नाम्चेबजार केन्दविन्दु भएर ३.१ म्याग्निच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय भूकम्प मापन केन्द्र (ईएमएससी) ले जनाएको हो।

ईएमएससी) का अनुसार भूकम्पको केन्द्रबिन्दु सगरमाथा क्षेत्रको नाम्चे बजारबाट करिब १८ किलोमिटर पूर्व–दक्षिणपूर्वमा रहेको छ। भूकम्पको केन्द्र जमिनको सतहबाट करिब १३ किलोमिटर गहिराइमा रहेको जनाएको छ ।

उक्त भूकम्पबाट मानवीय तथा भौतिक क्षति भएको कुनै आधिकारिक विवरण सार्वजनिक गरेको छैन।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑