आज: २०८३ मंसिर १, सोमबार | Mon, 16, Nov, 2026

कावासोती बस दुर्घटना, ३३ जना घाइते सबैको पहिचान खुल्यो

२०८३ मंसिर १, सोमबार मा प्रकाशित ( ३ मिनेट अघि) १२५ पटक पढिएको
नारी बाटिका


नारी वाटिका डट्कम
नवलपरासी -२९ कार्तिक ।

पूर्व–पश्चिम राजमार्गको नवलपरासीको कावासोती नगरपालिका–११, लोकाहामा आज बिहान भएको बस दुर्घटनामा ३३ जना घाइते भएका छन्। सोमबार बिहान अ. ६ः४० बजे धनगढीबाट काठमाडौं तर्फ छुटेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकमा पल्टिएर दुर्घघटनामा परेको हो।

दुर्घटनामा घाइते हुनेको संख्या ३३ जना पुगेको छ । उक्त बस चालकसहित ४१ जना सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएकामध्ये एक जनालाई भरतपुरस्थित पुरानो मेडिकल कलेज र ३२ जनाको मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते हुनेहरू सबैको पहिचान खुलेको प्रहरीले जानकारी दिएको छ । बस चालक कैलालीको लम्कीचुहा नगरपालिका–१० निवासी ४७ वर्षीय ठग्गराम डगौरा थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑