
नारी वाटिका डट्कम
पोखरा -१ मङ्सिर ।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आज (मङ्सिर १ गते)देखि ‘हामी तयार छौँ’ अभियान सुरु गर्न लागिएको जानकारी दिनु भयो ।
शोमबार नेपाली काँग्रेस गण्डकी प्रदेशदवरा पोखरामा आयोजित भेटघाट कार्यक्रममा महामन्त्री पौडेलले कमी कमजोरी सच्चाउँदै पार्टीलाई सशक्त रूपमा अघि बढाउन ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्न लागिएको बताउनु भयो ।
अनावश्यक हल्ला र कानेखुसी गर्ने परिपार्टीले पार्टी कमजोर हुने भएकाले त्यसतर्फ नलाग्न सबै पंंतीका नेता र कार्यकर्तालाई आग्रह गर्नु भएको छ । महामन्त्री पौडेलले पार्टीलाई थप बलियो बनाउन आपसी सहकार्य र समन्वय आवश्यक पर्ने बताएका हुन् ।
यस्तै,कार्यविभाजन नभएका नेताहरूका लागि कार्यगत भूमिका दिने सन्दर्भमा पार्टीले फराकिलो दायरा निर्माण गर्ने उनको भनाइ छ । पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त प्रतिपक्षी भूमिकाको स्पष्ट खाका बनाउन अभियान सुरु गर्न लागिएको जनाएका छन् ।
यसका लागी काँग्रसले मङ्सिर महिनाभित्रै जिल्ला र प्रदेश अधिवेशनमा जुट्न र स्थानीय तहको निर्वाचनको लागी पनि तयारीमा जुट्न यस अभियानको खाकासहितको विषय सर्कुलर प्रदेश र जिल्ला तहमा पठाइने भएको छ ।












प्रतिक्रिया दिनुहोस