आज: २०८३ मंसिर ११, शुक्रबार | Fri, 27, Nov, 2026

निलकण्ठ नगरापालिकाको उच्च शिक्षाका लागी पनि छात्रवृत्ति वितरण

२०८३ मंसिर ११, शुक्रबार मा प्रकाशित ( ३ घण्टा अघि) ३७३ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ. ११ मंसिर ।

धादिङ जिल्लाको निलकण्ठ नगरपालिकाले गरिब तथा जेहेनदार विद्यार्र्थीहरुका लागी उच्च शिक्षा हाँशीलका लागी छात्रवृत्ति वितरण गरेको छ ।

​नीलकण्ठ नगरपालिकाको आयोजनामा बिहिबार भएको एक विशेष समारोहका बीच विद्यार्थी पुरस्कार, विद्यालय तथा शिक्षक सम्मान र उच्च शिक्षा अध्ययन छात्रवृत्ति वितरण कार्यक्रम गरिएको हो।

​नगर उपप्रमुख दीपक विश्वकर्माको अध्यक्षता तथा नगर प्रमुख भीम प्रसाद ढुङ्गानाको प्रमुख अभिभावकत्वमा सम्पन्न उक्त कार्यक्रममा शैक्षिकसत्र २०८२ को ​SEE परीक्षामा उत्कृष्ट विद्यार्थी पुरस्कृत कार्यक्रम अन्तर्रगत ४ जीपीए (4 GPA) हासिल गर्न सफल धादिङ बोर्डिङ स्कुल र नगरपालिका –३ का मेधावी विद्यार्थी पाविल श्रेष्ठ र मुस्कान तामाङलाई जनही रु, ५०,०००।– नगदसहित पुरस्कृत गरिएको हो ।

यसैगरी,​उत्कृष्ट विद्यालय सम्मान कार्यक्रम अन्तरगत एसएलसी (SLC) परीक्षामा शतप्रतिशत नतिजा हासिल गर्न सफल महेन्द्र माध्यमिक विद्यालय ९ निलकण्ठ २ लाई विशेष सम्मान गरिएको थियो ।

​यसका साथै नगरपालिकाले उत्कृष्ट हुने विद्यालयका सम्वन्धित विषयका शिक्षकलाई पनि सम्मान गरेको छ । एसएलसी परीक्षामा आ–आफ्नो विषयमा शतप्रतिशत नतिजा दिलाउन सफल समर्पित विषय शिक्षकहरूलाई सम्मान गरिएको हो 
।
विगत २ वर्षदेखी कक्षा १देखी कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्दै आईरहेको निलकण्ठ नगरपालिकाले उच्च शिक्षा अध्ययनरत १७८ जना विद्यार्थीहरका लागी तह र विषय क्षेत्र अनुसार जनही रु, ३,०००।– देखि रु, ४४,०००।– सम्मको छात्रवृत्ति रकम वितरण गरिएको छ
।
कार्यक्रममा नगरपालिकाको ​कार्यक्रममा भर्खरै सरुवा भइ आएका प्रमुख प्रशासकीय अधिकृत राममणी काफ्ले, शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख कृष्ण कुमार श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख विष्णु प्रसाद रिजाल, लगायत नगरपालिकाका विभिन्न शाखा प्रमुखहरु, कार्यपालिका सदस्यहरु तथा छात्रवृत्ति व्यवस्थापन समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑