आज:  | Fri, 03, May, 2024

धादिङको नेत्रावती डबजोङ गाउँपालिकाको अध्यक्षमा रिजाल र गुरुङ विजयी

३ जेष्ठ २०७९, मंगलवार १७:३१ मा प्रकाशित ( १ साल अघि) ५१७ पाठक संख्या
नारी बाटिका


धादिङ – धादिङको नेत्रावती डबजोङ गाउँपालिकाको अध्यक्षमा मेघ नाथ रिजाल विजयी हुनुभएको छ ।
गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार मेघ नाथ रिजालले २ हजार ५ सय ४२ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिद्धन्द्धि नेकपा माओवादीका उर्मिला तामाङले १ हजार ६ सय ८३ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार सिता माया गुरुङ विजयी हुनुभएको छ । उहाँले २ हजार ७ सय ८६ प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्धन्द्धि नेकपा एमालेकी मिना कुमारी मम्बा तामाङले १ हजार ६ सय ३३ मत प्राप्त गर्नुभएको छ ।

नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्षमा कांग्रेसका ठाकुर गुरुङ, २ मा कांग्रेसको मिन बहादुर गुरुङ, ३ मा कांग्रेसको सुरशे गुरुङ, ४ मा एमालेबाट तिल बहादुर गुरुङ र ५ मा नेपाली कांग्रेस बाट हरि अधिकारी वडा अध्यक्षमा विजयी भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस