आज:  | Fri, 03, May, 2024

कोरोना सङ्क्रमण बढ्दै जाँदा खोप लगाउनेको सङ्ख्या पनि बढ्दै

२९ श्रावण २०७९, आईतवार ०९:३५ मा प्रकाशित ( १ साल अघि) २३८ पाठक संख्या
नारी बाटिका


काठमाण्डौं – नेपालमा कोरोनाको सङ्क्रमण दर बढ्दै जाँदा खोप लगाउनेको सङ्ख्या पनि बढ्दै गएको छ । हिजो १ लाख २७ हजार ३ सय २१ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अस्ति २३ हजार ८ सय जनाले मात्रै खोप लगाएका थिए । हिजो अघिल्लो दिनको तुलनामा ४ गुणा बढीले कोरोनाविरुद्धको खोप लगाएका हुन् । अहिलेसम्म ५ करोड १ लाख मात्रा खोप लगाइएको मन्त्रालयले जानकारी दिएको छ ।

अहिलेसम्म २ करोड १९ लाख १६ हजारले एक मात्रा मात्र खोप लगाउँदा, २ करोड ७ लाख ६२ हजारले दोस्रो र ७४ लाख २४ हजारले अतिरिक्त अर्थात बुस्टर मात्रा लगाएका छन् । मन्त्रालयका अनुसार ६ करोड १७ लाख ७६ हजार खोप सरकारलाई प्राप्त भएको छ । खोप लगाएकाहरूमा खोप नलगाएकाको तुलनामा कोरोनाको असर कम हुने विभिन्न अध्ययनले देखाएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस