आज:  | Thu, 16, May, 2024

चितवन प्रहरी कार्यलय द्धारा फरार रहेका प्रतिवादी दुई सय २४ जना पक्राउ परे ।

२६ माघ २०७९, बिहीबार ०८:३४ मा प्रकाशित ( १ साल अघि) २७७ पाठक संख्या
नारी बाटिका


 

नारी वाटिका समचार दाता
चितवन,माघ २६,

जिल्ला प्रहरी कार्यालय चितवनले एक वर्षमा दुई सय २४ जना फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरेको छ । जिल्ला अदालत चितवनले सजायँ तोकेका फरार भएका तिव्र रुपमा खोजी गरी प्रतिवादीहरु गत २०७८ फागुन देखि २०७९ माघ २५ सम्म उनीहरूलाई पक्राउ गर्न सफल भएएको जि.प्र.का. चितवनले जानकारी गराएको हो ।

अदालतको फैसला कार्यान्वयन गर्नका लागी कानुनी व्यवस्था अनुसार उनीहरूलाई पक्राउ गरी जिल्ला अदालतमा पेस गरिएको कार्यालय प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनु भएको छ ।

अधिकारी जिल्लामा आएपछि भए गरेका कामको जानकारी गराउनका लागी पत्रकार सम्मेलन गरी अदालतबाट फैसला भएर सम्पर्क विहिन भएका प्रतिवादीहरूलाई पक्राउ गरिएको बताउनु भयो ।

पक्राउ पछी प्रतिवादीहरूबाट ५० वर्ष तीन महिना सात दिन कैद भुक्तान गराइएको उहाँले बताउनु भयो । यस्तै एक करोड ३३ लाख ८९ हजार तीन सय ६७ रुरुश्रपयाँ जरिवाना असुल गरिएको सो कार्यक्रममा जानकारी गराईएको थियो ।

सोही अवधिमा ३५ शीर्षकमा एक हजार चार सय ४८ उजुरी दर्ता भएका छन् भने उजुरीमा ६७ महिला र एक हजार ४० पुरुष प्रतिवादीको रूपमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उक्त उजुरी निवेदनमा भन्सार चोरी, निकासी, तस्करी र राजस्व छली तर्फ १३ जना पक्राउ गरिएको जनाएको छ । उनीहरूको साथबाट रु छ करोड ४५ लाख ९९ हजार तीन सय ८४ बराबरको सामान समेत बरामद गरिएको अधिकारीले बताउनु भयो ।

त्यसैगरी हात हतियार तथा खरखजाना सम्बन्धी कसुरमा चार जनालाई पक्राउ गरिएको छ । पक्राउ परिएकाहरूको साथबाट कटुवा पेस्तोल दुई थान, दुई राउण्ड गोली, भरुवा बन्दुक दुई थान र बारुद दुई सय ग्राम नियन्त्रणमा लिएको जानकारी गराएको छ ।

तेस्तै एक वर्षको अवधिमा लागु औषध सम्बन्धी एक सय छ वटा उजुरी निवेदन पनि दर्ता गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस