
नारी बाटिका
काठमाडौँ , फागुन ३
बलात्कारको आरोप लागेका अभियुक्त क्रिकेटर सन्दीप लामिछानेलाई थुनामै राखेर उनका मुद्दा किनारा लगाउनु पर्ने माग सहित सर्वोच्च अदालतमा परेको निवेदन माथि फागुन १२ गते सुनुवाइ हुने भएको छ ।
नाबालिका बलात्कारको आरोप लागेका अभियुक्त लामिछानेलाई थुनामा राख्न माग गर्दै दायर गरिएको निवेदनमा सर्वोच्च अदालतले पाटन स्थित उच्च अदालतबाट कैफियत प्रतिवेदन झिकाए पछी फागुन १२ मा पेशी तोकिएको हो ।
क्रिकेटर लामिछानेलाई थुनामै राखेर उनी विरुद्ध नाबालिग बलात्कार मुद्दाको प्रक्रिया अगाडि बढाउनु पर्ने माग गर्दै महान्यायाधीवक्ताको कार्यालयले सर्वोच्चमा दिएको निवेदनको सुनुवाइ सर्वोच्चमा भइरहेको छ ।
उच्च अदालतले पुस २८ गते लामिछानेलाई २० लाख धरौटीमा छाड्ने गरी दिएको आदेश विरुद्ध महान्यायाधीवक्ता कार्यालयले सर्वोच्च अदालतमा निवेदन पेश गरेको थियो ।








प्रतिक्रिया दिनुहोस