आज: २०८२ चैत्र २९, आईतबार | Sun, 12, Apr, 2026

मुटुरोग सेवा विस्तारका लागी धादिङ अस्पताल र गंगालाल हृदयरोग केन्द्रबीच सम्झौता

२०७९ चैत्र १२, आईतबार मा प्रकाशित ( ३ साल अघि) ११८५९ पटक पढिएको
नारी बाटिका


धादिङ १२ चैत आइतवार ।

मुटुरोग सेवा विस्तारका लागी धादिङ अस्पताल र गंगालाल हृदयरोग केन्द्रबीच सम्झौता गरिएको छ । पछिल्लो समयमा उच्च रक्तचाप र विभिन्न कारणले स्वास्थ्यमा समस्या हुदा सर्वप्रथम मुटुमा नै अशर पुर्याउने अवस्था रहने भएकोले हिजोआज मुटु रोगका विरामीको अस्पतालहरुमा चाप बढ्ने गरेको छ ।

त्यस्तै मुटु रोग जिल्लामा उपचारको सुविधा नहुनाले विरामीहरु तत्काल काठमाण्डौ लैजानु पर्ने समस्यालाई हल गर्नको लागी मुटु रोगको सहज उपचारका लागि धादिङ अस्पतालले शहिद गंगालाल हृदयरोग केन्द्रबीच सेवा विस्तार गर्ने सम्झौता गरेको छ ।

शनिवार धादिङ अस्पतालले मुटुरोगको सेवालाई बिस्तार गर्न गंगालाल हृदयरोग केन्द्रसँग औपचारिक रुपमा सम्झौता गरेको धादिङ अस्पतालले जानकारी गराएको छ ।

धादिङ अस्पतालमा सेवा लिन आएका मुटु रोगी विरामीहरुका लागि उपचार गर्न राजधानी धाउनु पर्ने बाध्यतालाई हटाउन जिल्लामै महिनामा दुई पटक सेवा दिने गरि एकवर्षको लागी कार्य अघि बढाउन सम्झौता भएको समेत जानकारी गराएको हो ।

नारी वाटिका संवाददाता

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस