आज:  | Wed, 24, Apr, 2024

आज देखि धादिङ बेसीमा जिल्ला तथा राष्ट्रिय स्तरिय ब्याडमिन्टन प्रतियोगिता

१७ चैत्र २०७९, शुक्रबार १३:१३ मा प्रकाशित ( १ साल अघि) २८० पाठक संख्या
नारी बाटिका


धादिङ, १७ चैत सुक्रवार

ब्याडमिन्टन प्रतियोगिता तेस्रो मेयर कप २०७९ आजदेखी सुरु हुने भएको छ । धादिङवेशीमा आजदेखि सुरु भएको जिल्ला तथा राष्ट्रिय स्तरको खुल्ला ब्याडमिन्टन प्रतियोगिता तेस्रो मेयर कप २०७९ को सम्पुर्ण तयारी पुरा भएको विहिवार जिल्ला व्याडमिन्टन संघले पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।

नीलकण्ठ नगरपालिकाको आयोजना,जिल्ला ब्याडमिन्टन संघ धादिङको व्यवस्थापन र नेपाल ब्याडमिन्टन संघ काठमाडौंको प्राविधिक सहयोगमा आज विहान देखी जिल्ला स्तरिय प्रतियोगिता सुरु भएका होे ।

धादिङबेशी स्थित कबड्डी हलमा सुरु भएको उक्त प्रतियोगिता आज र भोली २ दिनसम्म चल्नेछ भने यही चैत २२ बाट सुरु हुने राष्ट्रिय स्तरिय ब्याडमिन्टन प्रतियोगितामा भाग लिनको लागी बिभिन्न जिल्लाबाट तीन सय भन्दा बढी खेलाडीहरु सहभागी हुँने भएका छन्।

जिल्ला स्तरिय प्रतियोगिता आज बाटदेखी सुरु भए पनि आधिकारीक उद्घाटन भने चैत २३ गते मात्रै हुने आयोजकले जनाएको छ ।प्रतियोगितामा बिभिन्न ९ इभेण्टमा प्रतिस्पर्धा हुने धादिङ ब्याडमिन्टन संघका अध्यक्ष बिष्णुलाल श्रेष्ठले बताउनु भयो ।

जसमा जिल्ला स्तर पुरुष युगल बि, राष्ट्रिय स्तर १७ बर्ष मुनिका केटा एकल, राष्ट्रिय स्तर १७ बर्ष मुनिका केटी एकल, राष्ट्रिय स्तर पुरुष एकल, राष्ट्रिय स्तर महिला एकल, राष्ट्रिय स्तर पुरुष युगल९¥याकिंङ २० बाहेक मात्र०, राष्ट्रिय स्तर निर्वाचित जनप्रतिनिधी पुरुष युगल, राष्ट्रिय स्तर भेन्ट्रास ४५ बर्ष माथि पुरुष युगल र राष्ट्रिय स्तर भेन्ट्रास ५५ बर्ष माथि पुरुष युगल रहेको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

जिल्ला स्तरिय पुरुष युगल बि तर्फ प्रथम पुरस्कार रु, ३० हजार, द्धित्तिय रु,२० हजार र तृतीय रु, १५ हजार) शिल्ड मेडल र प्रमाणपत्र), राष्ट्रिय यु १७ बर्ष मुनिका केटा एकलतर्फ प्रथम २५ हजार, द्धित्तिय १५ हजार र तृतीय १२ हजार) शिल्ड मेडल र प्रमाण पत्र, राष्ट्रिय स्तर १७ बर्ष मुनिका केटी एकल तर्फ प्रथम २५ हजार, द्धित्तिय १५ हजार र तृतीय १२ हजार) शिल्ड मेडल र प्रमाण पत्र, रहेको छ ।

नारी वाटिका संवाददाता

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस