आज:  | Thu, 25, Apr, 2024

श्रीमतीको हत्या गरी भारत भाग्न लागेका श्रीमान् पक्राउ

१० बैशाख २०८०, आईतवार २०:१७ मा प्रकाशित ( १ साल अघि) २९९ पाठक संख्या
नारी बाटिका


वैशाख १० आइतवार ।

आफ्नै श्रीमतीको हत्या गरी भारत तर्फ भाग्न लागेका श्रीमान्लाई दाङ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले आज आइतबार दाङ जिल्लामा श्रीमतीको हत्या गरेर भारत तर्फ भाग्न लागेका श्रीमान्लाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा घोराही उप महानगरपालिका(१२ रतनपुर बस्ने ४१ वर्षीय मेघराज केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले आइतबार जनाएको हो।

दाङ जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी वीरबहादुर ओलीका अनुसार केसीलाई शुक्रबार राति करिब साढे ९ बजेतिर घोराही उप महानगरपालिका(३ भवानपुर नजिकै लुकिछिपी भारत तर्फ भाग्न लागेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो।

पक्राउ परेका केसीले गत वैशाख १ गते राति करिब १० बजेको समयमा आफ्नी ४० वर्षीया श्रीमती शारदा कुमारी केसीको हत्या गरी घर नजिकै बारीमा लगेर खाल्डो खनी पुरेका थिए ।

बुधबार दिउँसो १ बजेतिर केसीको घर अगाडि महिलाको लाश गाडेको अवस्थामा खुट्टाको पैताला र अलिकति कपडा देखिएको भन्ने खबर प्राप्त हुना साथ जिप्रका दाङका प्रवक्ता एवं डिएसपी राजनकुमार गौतम सहित घटना स्थल तर्फ अनुसन्धान टोली गएको थियो । घटना पछि शारदा कुमारी केसीका श्रीमान् फरार रहेका थिए ।

तत्काल घटनाको प्रकृति, बरामद भएका सबुद प्रमाण, स्थानीयहरूको भनाई तथा प्रारम्भिक अनुसन्धानमा प्रविधिको प्रयोग सिडिआर एनालाइसिस एवं घटना स्थलको प्रकृति हेर्दा उनका पतिले कर्तव्य गरी फरार रहेको देखिएको हुँदा उनलाई खोजतलास गरी पक्राउ गरिएको प्रहरीको भनाइ रहेको छ।

सोधपुछका क्रममा केसीले आफुसंग विवाद हुँदा आफूले मुक्का र अन्य चिज प्रहार गरी हत्या गरेर बारीमा गाडेको स्वीकार गरेको प्रमुख एसपी ओलीले बताउनु भएको छ ।

केसी श्रीमतीको हत्यापछी वन जङ्गलमा लुक्दै छिप्दै व्यक्तिगत सरसामान समेत साथमा बोकी भारत जाने तयारी गरिरहेका उनी पक्राउ परेका हुन्। उनीमाथि दाङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैगरी प्जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी राजनकुमार गौतमका अनुसार दाङ,नेपालगञ्ज,वर्दिया लगायतका जिल्लाहरु सिमानबाट भारत निकै नजिक पर्ने भएकोले पनि विगतमा पनि नेपालमा अपराधिक घटना घटाई भारत तर्फ भागेर लुक्ने गरेका अपराधिहरुलाई प्रहरीले पक्राउ गर्दै आईरहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस