
नारी बाटिका
धादिङ ३१ असार
चितवनको भरतपुर महानगरपालिका–१२,मा तिन सवारी साधन एक आपसमा ठक्कर खाई दुर्घटना भएको छ । आईतबार बिहान १० बजे टाँडीबाट भरतपुर तर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ च ७९०१ नम्बरको कार र सोहि दिशाबाट आउँदै गरेको ना. १७ च ६८०० नम्बरको कार बीच बिपरीत दिशाबाट जाँदै गरेको लु २ च ७१०६ नम्बरको स्कार्पियो हाईससंग ठोक्किदा एक जना घाईते भएको छन् ।
दुर्घटनामा ना १७ च ६८०० नम्बरको कार चालक चितवनको कालिका नगरपालिका–६ बस्ने बर्ष ४६ का टेकनाथ वाग्ले घाइते भएको चितवन प्रहरीले जनाएको छ । घाईते भएका वाग्लेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । तिनै सवारी साधन र दुई जना चालक प्रहरीको नियन्त्रणमा रहेको चितवन प्रहरीले जानकारी गराएको हो ।








प्रतिक्रिया दिनुहोस