आज:  | Mon, 13, May, 2024

चितवनको भरतपुर १२ मा तीन सवारी साधन एक आपसमा ठोक्किदा एक जना घाइते

३१ असार २०८०, आईतवार १८:३९ मा प्रकाशित ( १0 महिना अघि) ३७५ पाठक संख्या
नारी बाटिका


धादिङ ३१ असार

चितवनको भरतपुर महानगरपालिका–१२,मा तिन सवारी साधन एक आपसमा ठक्कर खाई दुर्घटना भएको छ । आईतबार बिहान १० बजे टाँडीबाट भरतपुर तर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ च ७९०१ नम्बरको कार र सोहि दिशाबाट आउँदै गरेको ना. १७ च ६८०० नम्बरको कार बीच बिपरीत दिशाबाट जाँदै गरेको लु २ च ७१०६ नम्बरको स्कार्पियो हाईससंग ठोक्किदा एक जना घाईते भएको छन् ।

दुर्घटनामा ना १७ च ६८०० नम्बरको कार चालक चितवनको कालिका नगरपालिका–६ बस्ने बर्ष ४६ का टेकनाथ वाग्ले घाइते भएको चितवन प्रहरीले जनाएको छ । घाईते भएका वाग्लेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । तिनै सवारी साधन र दुई जना चालक प्रहरीको नियन्त्रणमा रहेको चितवन प्रहरीले जानकारी गराएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस