आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

आजदेखि माओवादी केन्द्र केन्द्रीय कार्य समितिको बैठक बस्ने तययरी

२०८० श्रावण १७, बुधबार मा प्रकाशित ( २ साल अघि) ११८४३ पटक पढिएको
नारी बाटिका


काठमाण्डौँ, १७  साउन

आज देखि माओवादी केन्द्र केन्द्रीय कार्य समितिको बैठक बस्ने
तयारी भैइरहेको छ ।  भएको छ । वर्तवान सरकारको नेतृत्व गरिरहेको सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्य समितिको बैठक राजधानीमा हुने तयारी गरिएको छ ।

बुधवार बिहान ११ बजे पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो बैठकको उद्घाटन गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

बैठक कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा बस्ने गरी तयारी गरिएको हो । बैठकमा अध्यक्ष दाहालले राजनीतिक र साङ्गठिनक प्रतिवेदन पेस गर्ने कार्यसूची तय भएको माओवादी केन्द्रका केन्द्रीय कार्यालयका पार्टी सचिव डोर प्रसाद उपाध्यायले जानकारी दिनु भयो । बैठकले सरकारको कामकारबाहीका बारेमा पनि समीक्षा गर्ने एजेन्डा रहेको छ ।

अध्यक्ष दाहाल गत पुसमा देशकै ठुलो दल नेपाली काँग्रेसको सर्मथन लगायत अन्य सानादलको समेत समर्थन बाट मुलुकको प्रधानमन्त्रीमा नियुक्त हुनु भएको थियो । सरकारले सुशासन प्रर्वद्धन र भ्रष्टाचार नियन्त्रणको कामलाई तीव्रताका साथ अगाडि बढाएकोले नागरिकबाट वा वा पनि पाईरहेको छ ।

बैठकमा तीन सय ८७ पूर्ण केन्द्रीय सदस्य, एक सय ९८ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगका ७५ सदस्य र १० प्रदेशका पदाधिकारी एक सय जनाको सहभागी हुनेछन् । बैठकको सम्पूर्ण तयारी पूरा भएको सचिव उपाध्यायले जानकारी दिएका छन् ।नेपाली काँग्रेसको गत बैठकमा नागरिक सामु पार्टीकोधारणा, जनताको लागी पार्टीले गरिने बिकासका योजना बारे बैठक तथा छलफलका विषयलाई प्रत्यक्ष प्रशारण गरेपछी माओवादीले यही कुराको सिको गर्न लागिएको छ ।

जस अनुसार पहिलो पटक आज केन्द्रीय कार्य समितिको बैठकको प्रत्यक्ष प्रसारण गर्ने तयारी समेत गरेको छ । बैठकमा प्रत्येक सदस्यले प्रतिवेदन माथि आधारित रहेर धारणा राख्ने गरी कार्यक्रम तय भएको उहाँले बताउनु भयो । बैठकको कार्यसूची लगायतलाई पूर्णता दिन आज बिहान माओवादीको स्थायी समितिको बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस