आज:  | Thu, 16, May, 2024

मौसम सम्वन्धि जानकारी : आज केही प्रदेशमा भारी बर्षाको सम्भावना

५ आश्विन २०८०, शुक्रबार ०८:०० मा प्रकाशित ( ७ महिना अघि) ३०७ पाठक संख्या
नारी बाटिका


धादिङ,५ असोज

आज केही प्रदेशमा भारी बर्षाको सम्भावना रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। साथै झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव पनि नेपालमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले अहिले बिहानीको समय देशभर आंशिकदेखि सामान्य बदली छ ।

साथै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सक्रबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको माशाखाले जनाएको छ।

आज कोशी र गण्डकी प्रदेशको एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ। मधेस र कोशी प्रदेशको तराई भूभागका एक दुई स्थानमा हावा हुरीको सम्भावना रहेको छ। आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस