आज:  | Sat, 27, Apr, 2024

भारी वर्षा र चट्याङका कारण भारतको झारखण्डमा आठ जनाले ज्यान गुमाए

१६ आश्विन २०८०, मंगलवार ०७:४७ मा प्रकाशित ( ६ महिना अघि) ३११ पाठक संख्या
नारी बाटिका


फाईल तस्वीर

१६ असोज ।

यसै साता भएको भारी वर्षाका कारण भारतको झारखण्ड भन्ने स्थानमा आठजनाले ज्यान गुमाएका छन् । भारतको पूर्वी राज्य झारखण्डमा भारी वर्षा र चट्याङका कारण कम्तीमा आठजनाको मृत्यु भएको भारतिय सन्चार माध्यमले जनाएको छ ।

क्षेत्रीय विपद् व्यवस्थापन निकायले भारी वर्षाका कारण आएको बाढी र डुबानमा परी अन्य कैयौँ व्यक्तिहरु पनि घाइते भएको जनाएको छ। झारखण्डका केही भागमा शनिबार देखि लगातार रुपमा भारी वर्षा भइरहेको छ।

अविरल परेको वर्षाका कारण कयौं घरहरु क्षतिग्रस्त हुनुका साथै सडक डुबानमा परेका जनाईएको छ । नदीमा पानीको बहाव खतराको तहसम्म पुगेको विपद व्यवस्थापन अधिकारीले बताएका छन् ।

साथै भारतीय मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म भारतका केही स्थानमा भारी वर्षा जारी रहने रहने भएको सम्वन्धित क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह समेत गरिरहेको भारतिय सन्चार माध्यमले जनाएको छ ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस