आज:  | Mon, 29, Apr, 2024

आज ऐतिहासिक पुरुप स्वरसम्राट नारायणगोपालको ३३औँ स्मृति दिवस

१९ मंसिर २०८०, मंगलवार ०८:२१ मा प्रकाशित ( ४ महिना अघि) २९३ पाठक संख्या
नारी बाटिका


भगवती बिबियु

काठमाडौं १९ मंसिर ।

आज ऐतिहासिक पुरुप स्वरसम्राट नारायणगोपालको ३३औँ स्मृति दिवस हो । मंगलबार स्वरसम्राट नारायणगोपालको ३३ औँ स्मृति दिवसका अवसरमा विभिन्न कलाकार संघ संस्थाहरुले उहाँको स्मरण गरी मनाउँदै छन् ।

नारायणगोपाल गुरुवाचार्य नेपाली संगीतका महान् गायकका रूपमा परिचित हुनुहुन्छ । उहाँको जन्म काठमाडौंको किलागलमा १९९६ असोज १८ गतेका दिन भएको थियो। उहाँले २० दशकको उत्तरार्धतिर रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वर परीक्षा पास गर्नु भएको थियो ।

उहाँले ३० वर्षको लामो अवधीसम्म गायनयात्रामा १३७ वटा मनछुने भावविहोल जस्ता गीत गाएको संगीतका अध्येता तथा सहकर्मीहरु बताउँछन्। आधुनिक गीतका साथै उहाँले केही चलचित्रका पनि गित गाउनु भएको छ । साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उहाँले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गर्नु भएको थियो ।

दार्जिलिङबाट राजधानी आउनु भएका गोपाल योञ्जन, धनकुटाका नगेन्द्र थापा र नारायणगोपालको समूह बनेको थियो। थापाको गीत, योञ्जनको संगीतमा नारायणगोपालले थुप्रै गीत गाउनु भएको छ । योञ्जन र नारायणगोपालले दार्जिलिङमै मित लगाएर मित्रत्रा अघि बढाउनु भएको रहेछ ।

नारायणगोपालले ‘स्वोर दिनु भएका श्रद्धाको फूल चढाइदिनु’,​‘दुईटा फूल द्यौरालीमा’, ‘बुझ्नै सकिनौ तिमीले’, ‘चिनारी हाम्रो धेरै पुरानो’, ‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो’, आजै र राति के देखेँ सपना’,‘पोखिएर घामको झुल्का’, गित गाउनु भएको छ ।

यस्तै ‘तिम्रो जस्तो मुटु मेरो पनि’, ‘पर्खी बसेँ आउला भनी’, ‘एउटा मान्छेको मायाले कति’, ‘स्वर्गकी रानी मायाकी खानी’, ‘ए कान्छा ठट्टैमा यो बैस जान लाग्यो’ र ‘सिरीमा सिरी नि कान्छा’ लगायतका मिठा र भावनामा वगिएका गीत गाएर नेपालीका मन मुटुमा बास गर्नु भएको छ ।

भक्तराज आचार्य, फत्तेमान, अरुणा लामा लगायतलाई समेत आफ्नो संगीतमा गाउन लगाएका उहाँको संगीतमा रामकृष्ण ढकालले गाएको ‘माया गर्नेको चोखो माया पनि देखियो’ चर्चित रह्यो। यो गीत शुरुमा नारायणगोपाल आफैँले गाए पनि रेकर्डिङ गर्न नपाउँदा उहाँको निधनपछि ढकालले स्वर दिएका थिए । यसलाई लोचन भट्टराईले समेत गाएकी छिन् ।

उहाँको निधन २०४७ मंसिर १९ गते भएको थियो । गोरखा दक्षिण बाहु, चौथो, इन्द्रराज्यलक्ष्मी प्रज्ञा, छिन्नलता, जगदम्बा श्रीलागायत प्रतिष्ठित पुरस्कार पाउनु भएका उहाँलाई २०४८ सालमा मरणोपरान्त त्रिशक्तिपट्ट तेस्रो पुरस्कार समेत प्रदान गरिएको थियो।

उहाँले दार्जिलिङकी पेमला लामा सँग विवाह गर्नु भएको थियो भने उहाँको दम्पती निःसन्तान रहनु पर्यो । त्यस्तै उहाँकी धर्मपत्नी पेमलामाको पनि निधन भइसकेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%

प्रतिक्रिया दिनुहोस