
नारी बाटिका

भगवती बिबियु
३० मंसिर २०८०
धादिङको गङ्गाजमुना गाउँपालिका २ तावलमा अस्थायी प्रहरी पोष्टको स्थापना गरिएको छ । पछिल्लो समयमा उक्त एरियामा फाट्फ्ट अपराधिक घटनाहरु घट्दै जान थालेपछी स्थानीयवासीहरुले सान्ति सुरक्षाको माग राखिरहेका थिए ।
समाजमा हुने विकृर्ती विसंती तथा अपराधिक घटनाहरुले सिधासाधा र गरि खाने मानिसहरुलाई केही असहजता बढ्दै गएको यस स्थान मात्रै नभएर अन्य पालिकाहरुका नागरिकले समेत बताउने गरेका छन् ।
नागरिकको धनजनको रक्षाका निमित्त जिल्ला प्रहरी कार्यलय धादिङको ब्यवस्थापनमा मंसिर २९ गतेका दिन गंगाजमुना गाउँपालिका २ स्थित तावलमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको हो । साथै उक्त अस्थाई पोष्टबाट कार्य संचालनमा ल्याइएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।
यस्तै यस अस्थायी प्रहरी पोष्टको स्थापनाले गंगाजमुनाको वडा नं.१,२ र ३ को भु(भागमा रहेका जनताहरुको शान्ति सुरक्षा, अमनचयन कायम हुने अपेक्षा गरिएको छ ।
यसैगरी अपराध नियन्त्रण गर्ने, विपद तथा अन्य घटनाको तत्काल उद्दार गर्नमा सहयोग पग्ने लगायतका विभिन्न सेवा प्रवाहमा सहजीकरण जनसेवा उपलब्ध गराउने उदेस्य लिइएको छ ।








प्रतिक्रिया दिनुहोस