आज:  | Fri, 03, May, 2024

सिकाइ आपुरण तथा द्रुत सिकाइ योजना सम्वन्धि प्रधानाध्यापकलाई अभिमुखिकरण

४ पुष २०८०, बुधबार ०८:१८ मा प्रकाशित ( ४ महिना अघि) २६५ पाठक संख्या
नारी बाटिका



भगवती बिबियु
नारी बाटिका संवाददाता

धादिङ ४ पुस ।

निलकण्ठ नगरपालिका शिक्षा शाखाको आयोजनामा नगरपालिका भित्रका प्रधानाध्यापकहरुलाई सिकाइ आपुरण तथा द्रुत सिकाइ योजना  (ReAL Plan)सम्वन्धि अभिमुखिकरण गरिएको छ ।

मंगलबार धादिङवसीमा आयोजित अभिमुखीकरण कार्यक्रममा प्रधानाध्यापक बैठक पनि सम्पन्न गरेको छ ।

अभिमुखीकरण कार्यक्रममा बालबालिकाहरुलइ किताबी शिक्षाको ज्ञानसंगसंगै प्राक्टिकल शिक्षा क्षेत्र सुधार गर्नको लागि पनि सिकाइ आपुरण तथा द्रुत सिकाइ योजना सम्बन्धि बैठक समेत बसिएको नगर शिक्षा समितीले जनाएको छ ।

नगर प्रमुख भिम प्रशाद ढुंगानाको प्रमुख आतिथ्यतामा भएको अभिमुखिकरण कार्यक्रममा निलकण्ठ नगरपालिकाभित्रका ८२ बिद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्नु हुदै नगर प्रमुख भीम प्रसाद ढुंगानाले नगर भित्रका शिक्षकसङ्ग सुझाब समेत माग्नु भएको छ।

शिक्षा क्षेत्र सुधारको लागि के के योजनाहरु चाहिने हो ? बुदागत रुपमा नगरपालिकामा पेश गर्नको लागि पनि आग्रह गर्नु भयो।

नगरपालिकाले शिक्षा क्षेत्रमा सबैभन्दा बढी रकम बिनियोजन गरेको भन्दै शैक्षिक सुधारको लागि आफू प्रतिबद्ध रहेको बताउनु भयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस