
नारी बाटिका
सिन्जुकु १७ पुस ।
केही दिन अघि जापानमा गएको भूकम्पबाट मर्नेको सङ्ख्या ३० पुगेको छ ।जापानको मध्य भागलाई आसपास बनायर गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३० पुगेको जापानस्थित राष्ट्रिय समाचार एजेन्सी क्योदोले जनाएकोछ।
सबैभन्दा भूकम्पबाट बढी क्षति भएको इशिकावा प्रान्तमा निकैभवन भत्किँदा र आगलागी हुँदा हालसम्म ३० जनाको मृत्यु भएको जापानका समचार माध्यमले जनाएको छ।
तर अझै क्षतिको विवरण थप हुन सक्ने र फसेका व्यक्तिहरूको बारेमा अन्यत्रबाट जानकारी आउने क्रम जारी रहेको बताइएको छ।उक्त घटनाले जापानी प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पबाट प्रभावितको उद्धारलाई दुःख विरुद्धको लडाइँ भनेका छन् ।
जापान सरकारले भुकम्प प्रभावित क्षेत्रमा केही आत्मरक्षा बल पठाएको र सहयोग जारी राख्ने बताएका छन्। सोमबार इशिकावा प्रान्तको नोतो प्रायद्वीपमा ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो।
जापान सरकारका मौसम विज्ञान एजेन्सीले आधिकारिक रूपमा यसलाई सन् २०२४ मा नोतो प्रायद्वीप भूकम्पको नाम दिएको छ।यसैगरी उक्त शक्तिशाली भूकम्प गए यता लगातार साना पराकम्प पनि गईरहेको छ । साथै सोमबारदेखि लगातार रुपमा जापानमा कम्तिमा १५५ पटक भूकम्प गएको छ ।







प्रतिक्रिया दिनुहोस