
काठमाडौं २४ पुस ।
आज तराईका अधिकांश भू–भागमा हुस्सु, र उच्च पहाडी भागमा हिमपात हुनेछ । उच्च पहाड र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो।
पश्चिमी वायुको आंशिक प्रभाव रहँदा बिहान कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ। तराईका अधिकांश भू–भागमा हुस्सु र कुहिरो लागी रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम र कोसी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा नै रहनेछ।
आज राति लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।












प्रतिक्रिया दिनुहोस