
नारी बाटिका
काठमाडौं ३ माग।
नेपाल मेडिकल कलेजले विभिन्न पदका लागी कर्मचारी माग गरेको छ । कलेजले मंगलबार एक सूचना प्रकाशित गरि विभिन्न पदहरुमा कर्मचारी माग गरेको हो । सूचना अनुसार कलेजले चिफ फाइनान्स कन्ट्रोलर, चिफ एकाउन्टेन्ट अफिसरदेखि इलेक्ट्रिकल इन्जिनियर माग गरेको छ ।
कलेजले निकालेको सूचना अनुसार सिभिल इन्जिनियर, मेट्रोन, होस्टल वार्डेन, स्टोर इन्चार्ज, आर्किटेक्चर तथा प्रशासन अधिकारी माग गरिएको छ । योग्यता पुगेका उम्मेदवारले सात दिनभित्र व्यक्तिगत विवरण सहित दरखास्त दिन सक्नेछन् ।
पछिल्लो समयमा शैक्षिक योग्याता भएरपनि देशमा रोजगार नपायर वैदेशिक रोजगारीमा लाखौं खर्चिएर जानुपर्ने नेपाली जेहन्दार जनशक्तिको लागी अबसर हुनेगरी कलेजको शैक्षिक, सेवागत र प्रशासनिक ब्यवस्थापन बलियो बनाउँदै लैजान विषयगत दक्ष जनशक्तिहरु माग गरिएको हो ।
योग्यता पुगेका नागरिकले कलेजको फेसवुक पेजमा क्लिक गरी विस्तृत जानकारी लिन सक्नेछन् । दरखास्त इमेल मार्फत पठाउनु पर्नेछ । सर्ट लिस्टमा परेकाहरूलाइ कलेजले अन्तर्वार्ताका लागि सम्पर्क गर्नेछ ।









प्रतिक्रिया दिनुहोस