आज: २०८३ अषाढ ५, शुक्रबार | Fri, 19, Jun, 2026

नापी कार्यालयबाटै ललितपुरका सर्वेक्षक यादव र लेखापढी व्यवसायी समेत तिनजना घुस सहित पक्राउ

२०८० माघ १०, बुधबार मा प्रकाशित ( २ साल अघि) ९४८४ पटक पढिएको
नारी बाटिका


काठमाडौं १० माघ ।

ललितपुरका नापी सर्वेक्षक रामवीर यादवको साथमा लेखापढी व्यवसायी समेत घुस सहित तीनजना पक्राउ परेका छन् । मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनिहरुलाई घुससहित पक्राउ पक्राउ गरेको हो । ललितपुरका नापी सर्वेक्षक रामवीर यादव सहित तीनजनालाई घुससहित पक्राउ गरेको हो ।

मंगलबार आयोगको टंगाल कार्यालयबट खटिएको अनुसन्धानको टोलीले नापी कार्यालय ललितपुरका नापी सर्वेक्षक रामवीर यादव, लेखापढी व्यवसायी दिनेश बन्जारा र विनोद अधिकारीलाई २ लाख ५० हजार रकम सहित नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार जग्गा कित्ताकाट गर्न सहजीकरण गरेको भन्दै घुस मागिरहेको सूचनाका आधारमा उनीहरूलाई नापी कार्यालय परिसरबाटै नियन्त्रणमा लिइएको हो। पक्राउ परेका तीनै जनामाथि अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%८%१%

प्रतिक्रिया दिनुहोस