आज:  | Sat, 04, May, 2024

२०५० मा चोरी भई अमेरिकाको म्युजियम अफ आर्टमा राखिएका चार कलाकृति नेपाल फिर्ता ल्याउन सफल

१८ माघ २०८०, बिहीबार ०७:४४ मा प्रकाशित ( ३ महिना अघि) ४२९ पाठक संख्या
नारी बाटिका


काठमाडौँ १८ माघ।

चोरी भएको मन्दिरका ऐतिहासिक कलाकृतिहरु यतिका समयपछी भेटियो भन्दा जो कोईलाई पनि अचम्म लाग्न सक्छ ,। यस्तै २०५० मा नेपालका विभिन्न मन्दिरबाट चोरी भईे अमेरिकाको डल्लास म्युजियम अफ आर्टमा राखिएका चार कलाकृतिहरु नेपाल फिर्ता ल्याउन सफल भएको छ । ३० वर्षपछी नेपालबाट चोरी भएर अमेरिका पुगेका चार वटा ऐतिहासिक कलाकृति फिर्ता भएका हुन् ।

नेपालबाट चोरी गरेर लगी अमेरिकाका बिभिन्न संग्रहालयमा राखिएका चार वटा कलाकृति फिर्ता आएको पुरातत्व विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्गले बताएकी छन् । विभागका अनुसार फिर्ता भएका कलाकृतिमा तामाबाट निर्मित भैरवका दुई मुखुण्डा रहेका छन्। यी सोह्रौं शताब्दीमा बनेको हो ।

उक्त मुखुण्डा दोलखाको भिमेश्वर नगरपालिका(२ गुरकोट टोलबाट २०५० फागुन २२ मा चोरी भएका थिए। बिभिन्न माध्यमबाट अमेरिकाको डल्लास म्युजियम अफ आर्ट र रुबिन म्युजियम अफ आर्टमा पुर्याएका थिए ।

यसैगरी, प्रस्तरबाट निर्मित उमामहेश्वरको मूर्ति पनि फिर्ता आएको छ। सोह्रौं शताब्दीमा निर्मित यस मूर्ति पाटनको ओमवहाल परिसरको फल्चाबाट सन् १९८० देखि १९९० को बीचमा चोरी भएको थियो। यो मूर्ति अमेरिकाको ब्रुकलिन संग्रहालय पुगेको थियो। यस्तै, प्रस्तरकै दुर्गाको मूर्ति भक्तपुरको हनुमानघाटस्थित स्मारक स्वरुप शिवलिङ रहेको स्थानबाट चोरी भएको थियो। यो अठारौं शताब्दीमा बनेको हो।

अमेरिकामा रहेका बिभिन्न ेनेपाली संघसंस्था तथा पुरातत्व विभागको पहलमा नेपाल पिmर्ता ल्याउन सफल भएको हो । यससंगै अमेरिकाबाट ७२ ऐतिहासिक कलाकृति नेपाल फिर्ता भइसकेका छन्। यसैगरी अन्य बिभिन्न देशबाट समेत १४५ वटा कलाकृति फिर्ता भएको विभागले जानकारी दिएको छ ।

यो चार वटा कलाकृतिहरु नेपालमा फिर्ता ल्याउन अमेरिकाका सरकारी निकायले पनि सहयोग गरेको विभागले जनाएको छ। यससँगै न्यूयोर्कस्थित नेवाः गुठीले आर्थिक सहयोग पनि गरेको विभागले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%२%

प्रतिक्रिया दिनुहोस