
नारी बाटिका
काठमाडौँ १३ फागुन।
आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले े सरकारी जग्गा हिनामिना गर्ने नापी अधिकृत सहित १८७ जनाविरुद्ध मुद्दा दायर गरेको छ । आईतबार झापाको चन्द्रगढीमा सरकारी जग्गा हिनामिना गरेको अभियोगमा आयोगले १८७ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
सरकारी जग्गा हिनामिना प्रक्ररणमा नापी कार्यालय चन्द्रगढी झापाका तत्कालीन नापी अधिकृत रामदेव मण्डल धानुक समेत १८७ जना विरुद्ध मुद्दा दायर गरिएको जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार झापाको साविक दमक ६ग हाल दमक नगरपालिका वडा नं. १३ र १४ मा पर्ने बालुवाटारको रतुवा र दिपिनी खोलाको दोभानको सार्वजनिक जग्गा अतिक्रमण गरेको अभियोगमा मुद्दा दायर गरेको जनाएको छ ।
यस्तै कि.नं. ७६०,७६१,७६२,७७३,७८३,७८४,७८६,७८७,७८८ को जग्गा र साविक दमक ६ग र दमक ५ख बिचको मार्जिनका जग्गाहरू २०२१ सालको शुरु नापीमा सरकारी सार्वजनिक भए पनि स्ववासी प्रक्रियाबाट जग्गा दर्ता गरेको पाइएको आयोगले जनाएको छ ।
यसैगरी उक्त जग्गा हिनामिनाको अभियोग लागेकाहरुको मिलोमतोमा ९२८ बिगाहा १७ कठ्ठा १३ धुर (९३८४ रोपनी ८ आना १ दाम) व्यक्ति विशेषको नाममा दर्ता कायम गरेका थिए। जसको पछिल्लो न्यूनतम मूल्यांकन ४१ करोड ६२ लाख १९ हजार ८ सय एक रुपैयाँ रहेको छ।
यस प्रकरणमा आयोगले नापी कार्यालय, चन्द्रगढीका कर्मचारी ९ जना, सरकारी सार्वजनिक जग्गा गैरकानूनी तरिकाले स्ववासी जग्गा दर्ता प्रक्रियाबाट आफ्नो नाममा दर्ता कायम गरेका शुरु जग्गा दर्तावाला ६५, र बिगो असुल उपर तथा जग्गा जफत प्रयोजनका लागि मात्रै ११३ जनालाई लाई प्रतिवादी बनाइएको छ।







प्रतिक्रिया दिनुहोस