आज: २०८२ माघ २५, आईतबार | Sun, 08, Feb, 2026

धन कमाउन १ वर्ष अघि पोल्याण्ड गएका एक नेपाली युवाको छुरा प्रहारबाट हत्या

२०८० फागुन १६, बुधबार मा प्रकाशित ( १ साल अघि) ११६५७ पटक पढिएको
नारी बाटिका


काठमाडौं १६ फागुन ।

धन कमाउने आसमा पोल्यान्ड छिरेका एक नेपाली युवाको जर्जियन सहकर्मीको छुरा प्रहारबाट हत्या भएको छ। जर्जियन सहकर्मीको छुरा प्रहारबाट प्रहारबाट उनको मृत्यु भएको एनआरएनए पोल्याण्डले जानकारी गराएको हो । मृत्यु हुनेमा खोटाङ साकेला–१, घर भएका २९ वर्षीय राजेश दाहाल रहेका छन्।

दाहाललाई एउटै कम्पनीमा काम गर्ने ३५ वर्षीय जर्जियन नागरिकले सँगै बस्ने होस्टलमा शनिबार राति ११ बजे छुरा प्रहार गरेको जनाइएको छ । घटनास्थलमै दाहालको मृत्यु भएको पोल्याण्ड प्रहरीले जनाएको छ। उनी एक वर्ष अगाडी मात्रै पोल्याण्ड गएको जनाएको छ।

मृतक दाहालको शव नेपाल ल्याउन पहल भईरहेको विदेशीमा रहेका नेपाली संस्थाहरुको भनाई छ। हत्यामा संलग्न र सहयोग गर्ने आक्रमणकारीको युक्रेनी श्रीमती र थप अर्की महिलालाई प्रहरीले गिरफ्तार गरेको जनाईएको छ।

तस्वीर : सामाजिक संन्जाल

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%

प्रतिक्रिया दिनुहोस