
नारी बाटिका
बिबियु
नारी वाटिका संवाददाता
धादिङ २ वैशाख ।
धादिङको खाल्टेमा मल बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । साथै उक्त घटनामा परी ८ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा निलकण्ठ नगरपालिका वडा न. ५ खाल्टे फ्याक्सी बस्ने रामवहादुर रम्तेलका छोरा वर्ष १० का सन्तोष रम्तेल रहेका छन् ।
आज निलकण्ठ नगरपालिका–५ खाल्टेको पतेनीबाट मल बोकेर पतेनी बेँसीतर्फ जाँदै गरेको बा २ ख ८९४७ नम्बरको ट्रक पिमलखोला नजिकै पालपाली टोलमा उक्त ट्रक दुर्घटना भएको हो ।
आज बिहान करिब ९ बजे दुर्घटना भएको निलकण्ठ नगरपालिका ५ का वडाध्यक्ष रामबहादुर श्रेष्ठले जानकारी दिनु भयो।
दुर्घटनामा घाइते भएका ८ जनाको उद्धार गरेर धादिङ अस्पताल ल्याउदै गरेको जिल्ला प्रहरी कार्यलय धादिङका सुचना अधिकारी तथा प्रहरी नायव उपरिक्ष मकेन्द्र कुमार मिश्रले जानकारी दिनु भयो।







प्रतिक्रिया दिनुहोस