आज: २०८२ भाद्र ३१, मंगलबार | Tue, 16, Sep, 2025

जेठ ७ गतेसम्म रौतहटस्थित नेपाल–भारत सीमानाका बन्द हुने

२०८१ जेष्ठ ५, शनिबार मा प्रकाशित ( १ साल अघि) ७५४४ पटक पढिएको
नारी बाटिका


रौतहट ५ जेठ ।

आगमी ७ गते भारतीय सीमासँग जोडिएको रौतहटका सबै सीमानाका आज देखि सोमवार अर्थात जेठ ७ गते सम्म बन्द भएका छन्। हाल भारतमा भइरहेको लोकसभा निर्वाचनमा सितामढी र पूर्वी चम्पारण जिल्लामा हुने निर्वाचनको सुरक्षालाई लिएर नेपाल–भारत सीमाक्षेत्र चुनाव सम्पन्न हुनु भन्दा ७२ घण्टा अगाडि नै बन्द भएका हुन्।

२० मे २०२४ सितामढी जिल्लामा र पूर्वी चम्पारण जिल्लामा २५ मे मा हुने निर्वाचनका लागि ७२ घण्टा अगावै नेपाल–भारत सीमा नाका बन्द गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

यसका लागी नेपाल–भारत सीमा संयुक्त समन्वय समितिको बैठक बसी सहमती गरिए अनुसार मतदान हुनुभन्दा ७२ घण्टा अगाडि नै सिमानाका बन्द गरिने रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस