आज:  | Sun, 09, Feb, 2025

मंकीपक्स संक्रमणको जोखिम नेपालमा पनि बड्दै,रोकथाम गर्न सचेतना जगाउने तयारी

४ भाद्र २०८१, मंगलवार ०४:०१ मा प्रकाशित ( ५ महिना अघि) १९७४ पटक पढिएको
नारी बाटिका


काठमाडौं ४ भदौ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंकीपक्स संक्रमणको जोखिम नेपालमा पनि बड्दै गएको बताएको छ । समुदायमा सचेतना जगाई यस रोगको रोकथामका उपायहरुमा लागेको जनाएको छ । मंकीपक्स भाइरसको संक्रमण छिमेकी देश भारतमा द्रुत गतिमा फैलिरहेकाले नेपालमा यसको जोखिम उच्च रहेको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए।

यस सक्रमणबाट ‘नेपालमा अघिल्लो वर्ष एक जना विदेशी ६० वर्षीया महिलामा मंकीपक्स संक्रमण देखिएकाले पनि नेपाल मंकीपक्स संक्रमणको जोखिम नरहेको भन्न सकिँदैन,’ उनको भनाई छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार मंकीपक्सको पूर्व तयारी बारे मन्त्रालयले विषय विज्ञसँग सुझाव लिइसकेको बताएको छ।

मन्त्रालयले हवाई तथा सीमा नाकामा रहेका हेल्थ डेस्क तथा सरुवा रोगको निगरानी गर्न संघ, प्रदेश र स्थानीय तहलाई निर्देशन दिइसकेको प्रवक्ता डा बुढाथोकीले जानकारी दिए। साथै मन्त्रालयले सातवटै प्रदेशमा रोगको रोकथाम र व्यवस्थापनका लागि अस्पताल र चिकित्सक तोकेको छ। केही दिनयता अफ्रिकी मुलुक कङ्गोमा मंकीपक्स भाइरसका घातक प्रजाति ‘क्लेड १ वी’ फैलिरहेको छ।

मन्त्रालयका अनुसार गत जनवरीपछी उक्त भाइरसका कारण पाँच सय ४८ जनाको मृत्यु भइसकेको छ। विश्व स्वास्थ्य सङ्गठनले पनि मंकीपक्स संक्रमण बढिरहेकाले विश्वव्यापी जनस्वास्थ्य आपतकालीन घोषणा गरेको छ।

कसरी सर्छ त ?
मंकीपक्स सङ्क्रमित भएको व्यक्ति वा सङ्क्रमित पशुसँगको सम्पर्कमा आउँदा, मानिसको घाउ, खटिरा, बिमिराको सम्पर्कबाट, शरीरमा निस्किएको तरल पदार्थ थुक, र्‍यालको सम्पर्कबाट,सङ्क्रमित बाँदर, मुसा लोखर्के लगायत जनावरबाट र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस