आज: २०८३ अषाढ १३, शनिबार | Sat, 27, Jun, 2026

आफ्नै शरीरमा आगो लगाएर गम्भिर घाईते युवकको उपचारका क्रममा मृत्यु

२०८१ भाद्र १२, बुधबार मा प्रकाशित ( १ साल अघि) ७६३५ पटक पढिएको
नारी बाटिका


बारा १२ भदौ ।

भरतपुरको लङ्कुमा एक युवाले आफ्नै शरीरमा आगो लगाएका युवकको उपचारका क्रममा मृत्यु भएको छ । बाराको गढीमाई नगरपालिका–४ घर भई हाल भरतपुर महानगरपालिका–३ लङ्कुमा बस्दै आएका अन्दाजी २२ वर्षीय राजाबाबु जैसवालले आफ्नै शरीरमा आगो लगाएका हुन्।

जैसवालले आफू सुत्ने कोठामा कोही नभएको समयमा आफ्नो शरीरमा पेट्रोल छर्किएर आफै आगो लगाएका जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले बताउनु भयो ।

सोमबार दिउँसो आफ्नै शरीरमा आगो लगाएका जैसवालको उपचारका क्रममा गएराति अन्दाजी १०ः४० बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। उनको काठमाडौँस्थित कीर्तिपुर हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरिक्षक रिजालले बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस