आज:  | Tue, 10, Sep, 2024

२७औं मुख्य सचिवमा अर्याल, उत्कृष्ट कार्यसम्पादनका आधारमा नियुक्ती गरिएको दावी

१४ भाद्र २०८१, शुक्रबार ०५:२९ मा प्रकाशित ( १ हफ्ता अघि) १२९ पाठक संख्या
नारी बाटिका


काठमाडौं १४ भदौ ।
,
देशको २७ औ मुख्य सचिवमा सरकारले एकनारायण अर्याललाई नियुक्त गरेको छ । हालका गृहसचिव रहेका अर्याललाई भोली भदौ १५गतेदेखि लागू हुने गरी नेपालको २७ औं मुख्य सचिवमा नियुक्त गरिएको हो । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई १५ भदौदेखि लागू हुने गरी मुख्य सचिवमा नियुक्त गरेको स्रोतले जनाएको छ ।

नेपालकै पहिलो महिला मुख्य सचिव बनेकी लीलादेवी गड्तौलाले उमेर हदका कारण शुक्रबारदेखि अनिवार्य रुपमा अवकाशमा जाने भएकाले अर्याललाई नयाँ मुख्य सचिव बनाइएको हो ।मुख्य सचिवको दौडमा अन्य दिनेश भट्टराई, तोयानारायण ज्ञवाली, रामकृष्ण सुवेदी लगायतका सचिवहरु थिए ।

अर्याललाई उत्कृष्ट कार्यसम्पादनका आधारमा मुख्य सचिव नियुक्त गरेको सरकारले दावी गरेको छ। निजामती सेवा ऐनमा बहालबाला सचिवहरु मध्ये कार्यसम्पादन तथा ज्येष्ठताका आधारमा एकजनालाई सरकारले मुख्य सचिव नियुक्त गर्न सक्ने प्रावधान रहेको छ । सो ऐन अनुसार उत्कृष्ट कार्यसम्पादनका आधारमा अर्याललाई मुख्य सचिवमा छनौट गरिएको बताइएको छ ।

अर्को कुरा अर्याल समकालीन सचिवहरुमध्ये तत्कालै निर्णय लिन सक्ने, बोल्ड, कार्यसम्पादनमा अब्बल र कुशल समन्वयकर्ताको रुपमा चिनिएका छन् । उनी सेवा प्रवाह प्रभावकारी बनाउने र सुशासन कायम गर्ने सवालमा समेत नीकै संवेदनशील मानिन्छन् ।

यसअघि गृहसचिवको जिम्मेवारीमा रहेका अर्यालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा रहेर सुधारका विभिन्न कार्यहरु गर्दै अनुभव बटुलेका पनि छन् । कलकत्ताको महावाणिज्यदूत रहदा समेत उनले सफलता पूर्वक भूमिका निर्वाह गरेका थिए भन्ने जस्ता आधारहरु समेत मानिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस