
नारी बाटिका
काठमाडौँ १५ भदौ।
सर्वोच्च अदालतले नेपाल प्रहरीको ३० वर्षे सेवा अवधिको यसअघि जारी भएको अन्तरिम आदेशलाई खारेज गरेको छ। शुक्रबार न्यायाधीशद्वय शारंगा सुवेदी र विनोद शर्माको इजलासले सरकारको भ्याटेकमा माग बमोजिम हुने आदेश गरी दिएको हो ।
३० वर्षे सेवा अवधि पुरा भएका प्रहरीका अधिकृतहरु यही भदौं १६ गते २१ जना अवकाशमा जाने भएका छन् । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक सहितका २१ जनाले आफूलाई ३० वर्ष सेवा अवधिमा अवकाश दिन लागेको भनी सर्वोच्चमा रिट दायर गरेका थिए ।
सोही रिटमा सर्वोच्चले यसअघि न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले अन्तरिम आदेश जारी गरेको थियो। सर्वोच्चले अन्तरिम आदेश जारी गरेपछि सरकारले यो आदेश कार्यान्वयन गर्न नसकिने भन्दै आपत्ती जनाउँदै गृह मन्त्रालय मार्फत भ्याकेटको निवेदन दर्ता गरेको थियो।








प्रतिक्रिया दिनुहोस