
नारी बाटिका
चितवन ३० भदौ ।
नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गतमा पर्ने चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालबाट मालबाहक ट्रक त्रिशूली नदीमा खसेको घटनालाई प्रहरीले शंकास्पद रहेको जनाएको छ । आइतबार बिहान तेल बोकेर काठमाडौँ तर्फ आइरहेको ना६ख ६२८३ नम्बरको ट्रक २९ किलो भन्ने स्थानबाट त्रिशूलीमा खसेको अवस्थामा भेटिएको थियो।
प्रहरीले घटना शंकास्पद रहेको बताएको छ । घटनापछि चालक र सह–चालक फरार रहेका छन् । स्थानीयले प्रहरीमा दिएको जानकारी अनुसार शनिबार राति उक्त ट्रक दुर्घटनास्थल नजिकै रोकी राखेको थियो । सोही रोकी राखिएको ट्रक त्रिशूलीमा खसेपछी घटना शंकास्पद रहेको चितवन प्रहरीका डिएसपी भेषराज रिजालले
बताउनु भयो ।
आज बिहानै ट्रक त्रिशूलीमा खसालेर चालक र सह–चालक भागेको हुन सक्ने आशंका प्रहरीले गरेको छ । डिएसपी रिजालले ट्रक नदी किनारमा रहेको र चालक र सह–चालक नभेटिएकाले शंका उत्पन्न भएको बताएको छ । प्रहरीका अनुसार घटनाको प्रकृति हेर्दा चालक र सह–चालक नदीमा डुबेको जस्तो देखिँदैन ।








प्रतिक्रिया दिनुहोस