आज:  | Tue, 03, Dec, 2024

नगरपलिकाको हिउँदे नगरसभा सम्पन्न हालसम्म १६ दशमलव ७८प्रतिशत बजेट खर्च

१३ मंसिर २०८१, बिहीबार ०६:१५ मा प्रकाशित ( ५ दिन अघि) ८३ पाठक संख्या
नारी बाटिका


बिबियु

धादिङ १३ मंसिर ।

धादिङको पलिकाहरुमध्य सबै भन्दा ठुलो नीलकण्ठ नगरपालिकाको हिउँदे नगरसभा सम्पन्न भएको छ । नगर प्रमुख भीम ढुङ्गानाको अध्यक्षमा बुधबार सम्मन्न नगरसभामा आफ्नै कार्यकालमा १४ वटै वडासम्म सडक पिच गरिने लक्षसहित काम भइरहेको नगरपालिका प्रमुख ढुङ्गानाले बताउनु भएको छ ।

नगरपालिकाको दोस्रो नगर सभाको छैटौँ अधिवेशनको अवसरमा नगर प्रमुख ढुङ्गानाले हिउँदे सभामा यस आर्थिक वर्ष २०८१ साउनदेखी कात्तिकसम्म(चार महिनामा भएका नीति तथा कार्यक्रमको समीक्षा गर्दै उहाँले यही कार्यकालमा सबै वडा कार्यालयसम्म पिच सडक पुर्‍याउने लक्ष राखिएको बताउनु भयो ।

यसैगरी यसै चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पहेँलो कार्ड पाएका अपांगता भएका व्यक्तिहरुको स्वास्थ्यबिमा गर्दा नगरपालिकाले ६० प्रतिशत बिमा रकम सहयोग गरिने जानकारी गराउनु भयो।

साथै नगरपालिकाले गत वर्षहरुमा ९० प्रतिशतसम्म पशु विमा व्यहोर्दै आएकोमा सो कार्यलाई निरनतरता दिएको बताउनु भयो । तर नगरपालिकाले किसानहरुलाई यसरी सहयोग गरिरहेको भएतानि कृषकहरु अलमलमा परेको उहाँको भनाई थियो ।

यसैगरी नगरको समुदायमा रहेर आफ्नो घर गाउँको आफै विकास गरौं भन्ने उदेस्यका साथ केही वर्षदेखी संन्चालनमा आएका टोल विकास संस्था मार्फत सडकबत्ती हालिएको स्थानमा नगरपालिकाले ५० प्रतिशत विद्युत् महसुल व्यहोर्दै आएको जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस