आज:  | Sun, 19, May, 2024

धादिङको झीगु नेवा समाजको प्रथम अधिवेशनबाट अध्यक्षमा राजकुमार श्रेष्ठ निर्बाचित

१० पुष २०८०, मंगलवार २०:१० मा प्रकाशित ( ४ महिना अघि) ३९९ पाठक संख्या
नारी बाटिका


धादिङ १० पुस ।

धादिङको झीगु नेवा समाजको तेस्रो साधारण सभा तथा प्रथम अधिवेशनबाट अध्यक्षमा राजकुमार श्रेष्ठ निर्बाचित भएका छन् । मंगलबार धादिङबेसीमा सम्पन्न भएको तेस्रो साधारण सभा तथा प्रथम अधिवेशनले झीगु नेवा समाज धादिङको अध्यक्षमा राजकुमार श्रेष्ठलाई निर्विरोध चयन गरेको हो ।

यस्तै उपाध्यक्षमा हरि कुमार श्रेष्ठ, सचिवमा सन्तोष श्रेष्ठ, कोषाध्यक्षमा विनोद कुमार श्रेष्ठ र सह–सचिवमा लिला बहादुर श्रेष्ठ चयन हुनु भएको छ । त्यस्तै सदस्यहरुमा आचल श्रेष्ठ, रामकृष्ण अमात्य, सप्तमाया श्रेष्ठ, नारायण श्रेष्ठ, गोमा ढंगोल, छलमाया श्रेष्ठ, जगत बहादुर श्रेष्ठ र अमित शाक्य चयन हुनु भएको छ ।

केही वर्ष अघि धादिङको निलकण्ठ नगरपालिका स्थित रहेका नेवारी समुदायको सहभागितामा गठन भएको झीगु नेवा समाजको आज सम्पन्न अधिवेशनले हाम्रो सँस्कृति, हाम्रो परम्परा, हाम्रो पहिचान भन्ने नाराका साथ यमरी बनाउन सिकाई यमरी पुन्ही पर्व मनाएको छ । फरक फरक स्थानमा बसोबास गर्ने नेवारी समुदायको संस्कृर्ती पनि केही रुपमा फरक रहेको पाईन्छ ।

धादिङमा रहेका नेवार समुदायले आफ्नो सँस्कृतिलाई जगेर्ना गर्ने उद्धेश्यले यमरी पुन्हीको अवसरमा पारेर आयोजना गरिएको वार्षिक साधारण सभा तथा प्रथम अधिबेशनमा यमरी पर्व मनाउने उदेस्य सहित नयाँ पुस्ताहरलाई योमरी बनाउन सिकाएको थियो । यः’ को अर्थ नेपाल भाषामा मनपर्ने, ‘मरी’ भनेको रोटी र पुन्हिको अर्थ पूर्णिमा हो ।

यस पर्वमा खाद्य पदार्थको रसिलो चाडका साथै नयाँ धानबाट बनेको चामलको पिठोमा चाकु, खुवा र तिल राखेर यःमरी बनाउने गरिन्छ । यो पर्वलाई नेवार समुदायले नव अन्नप्राशनका रूपमा समेत मनाउने गरेको नेवार समुदायका पुराना बुढापाकाले बताउने गर्छन् ।

पछिल्लो समयमा नयाँ पुस्तामा जुनसुकै समुदायका व्यक्तिहरु भएपनि आफुनो धर्म संस्कृर्ती,रिती सिवाजलाई बेवास्ता गर्ने तथा आफुनो परमपरा बिर्सदै गैरहेको अबस्था छ । नयाँ पुस्तामा हराउदै गएको आफ्नो धर्म संस्कृर्ती जगेर्ना गर्नका निमित्त यसलाई संरक्षण गर्ने उद्धेश्यले झीगु नेवा समाजले निरन्तर रुपमा काम गरिरहेको कार्यक्रममा सहभागी प्रतिनिधीहरुले बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%१%

प्रतिक्रिया दिनुहोस