आज:  | Fri, 17, May, 2024

धादिङको खाल्टेमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु,८ घाइते

२ बैशाख २०८१, आईतवार १२:१६ मा प्रकाशित ( १ महिना अघि) ४४५ पाठक संख्या
नारी बाटिका


बिबियु

नारी वाटिका संवाददाता

धादिङ २ वैशाख ।

धादिङको  खाल्टेमा मल बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । साथै उक्त घटनामा परी ८ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा निलकण्ठ नगरपालिका वडा न. ५ खाल्टे फ्याक्सी बस्ने रामवहादुर रम्तेलका छोरा वर्ष १० का सन्तोष रम्तेल रहेका छन् ।

आज निलकण्ठ नगरपालिका–५ खाल्टेको पतेनीबाट मल बोकेर पतेनी बेँसीतर्फ जाँदै गरेको बा २ ख ८९४७ नम्बरको ट्रक पिमलखोला नजिकै पालपाली टोलमा उक्त ट्रक दुर्घटना भएको हो ।

आज बिहान करिब ९ बजे दुर्घटना भएको निलकण्ठ नगरपालिका ५ का वडाध्यक्ष रामबहादुर श्रेष्ठले जानकारी दिनु भयो।

दुर्घटनामा घाइते भएका ८ जनाको उद्धार गरेर धादिङ अस्पताल ल्याउदै गरेको जिल्ला प्रहरी कार्यलय धादिङका सुचना अधिकारी तथा प्रहरी नायव उपरिक्ष मकेन्द्र कुमार मिश्रले जानकारी दिनु भयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
६%१%

प्रतिक्रिया दिनुहोस