आज: २०८३ बैशाख ३१, बिहिबार | Thu, 14, May, 2026

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

२०८१ जेष्ठ २१, सोमबार मा प्रकाशित ( १ साल अघि) ११३४३ पटक पढिएको
नारी बाटिका


काठमाडौं २१ जेठ।

आज सङ्घीय संसद्को दुवै सदनको प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै छ। आज(शोमबार) ११ बजे बोलाइएको प्रतिनिधि सभाको बैठकमा राजश्व र अनुमान वार्षिक व्यय तथा खर्चमाथि छलफल हुने कार्यसूची रहेको छ।

हिजो(आइतबारदेखि सुरु भएको बजेटमाथिको छलफललाई आज पनि जारी राखिएको छ । आइतबार भएको छलफलमा २८ जना सांसदले आ आफ्ना धारणा राखेका थिए। आजको बैठकको सुरुमै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल सरकारको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।

साथै आजै राष्ट्रिय सभाको बैठक पनि १२ ः१५ बजे बोलाइएको छ। यस बैठकमा पनि बजेटमाथि कै सवालमा बढी छलफल हुने भएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस