
नारी बाटिका
काठमाडौं २० साउन ।
दक्षिणकाली नगरपालिका(१ चाल्नाखेल भैंसी बजारस्थित सडकमा भएको सवारी दुर्घटनामा परी पाँचजनाको मृत्यु भएको छ । चाल्नाखेलबाट भैंसीबजारतर्फ जाँदै गरेको बा.१८ च ५३४४ नम्बरको डिआई गाडी सुक्रबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार दोलखा गौरीशंकर गाउँपालिका घर भएकी ३५ वर्षीया निर्माला तामाङ र ३२ वर्षीया श्रीमाया तामाङको मृत्यु भएको छ ।
त्यसैगरी दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरूको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार अन्य ३ जनाको अल्का हस्पिटल ललितपुरमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका(११ स्थित सडकमा मधेश प्र.०३(००१ क २५१९ नम्बरको पानी ट्याङकरले बा.२८ प ४८६७ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही महानगरपालिका(२९ अनामनगर घट्टेकुलो बस्ने ६२ वर्षीया सरस्वती तुलाधार रहेकी छिन् ।
दुर्घटनामा गम्भीर घाइते भएकी तुलाधरको थापाथली स्थित नर्भिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै मोरङ, सुन्दरहरैचा नगरपालिका(१० खोर्सानेस्थित सडकमा ना.१ क ६१६७ नम्बरको टिपरले प्र.१(०२(०४२ प ८१७२ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार केराबारी गाउँपालिका(९ बस्ने ६९ वर्षीय राम बहादुर मगरको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मगरको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
उक्त मोटरसाइकल प्र.१(०२(००१ ख ९८८३ नम्बरको बसमा ठोक्किएको र मोटरसाइकललाई उक्त टिपरले ठक्कर दिई दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई थप उपचारको लागि बिराट टिचिङ अस्पताल पठाइएको छ । प्रहरीले फरार रहेका टिपर चालकको खोजी गरिरहेको छ ।
यसैगरी इलाम, माई नगरपालिका(२ गरूवा पुलको सडकमा सितलीतर्फ जाँदै गरेको ना।४८ प ८६३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा माई नगरपालिका(१० गजेनी भञ्ज्याङ बस्ने २६ वर्षीय दिनेश सार्कीको मृत्यु भएको छ ।
उक्त दुर्घटनाबाट गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल विर्तामोड झापामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।








प्रतिक्रिया दिनुहोस