आज: २०८३ बैशाख ११, शुक्रबार | Fri, 24, Apr, 2026

आयोगद्वारा स्थानीय तहका १२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

२०८१ पौष १६, मंगलबार मा प्रकाशित ( १ साल अघि) ६६६६ पटक पढिएको
नारी बाटिका


काठमाडौं १६ पुस ।

अख्यितार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका अर्यालसहित १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले उक्त गाउँपालिकाका पूर्वअध्यक्ष दीर्घनारायण अर्यालसहित स्थानीय तहका १२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

आर्थिक वर्ष २०७५।०७६ र आव २०७६।०७७ मा गुणस्तरहिन ढलान गरेर भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङ, तत्कालीन इन्जिनियर नवीन थापा, उपभोक्ता व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण पौडेल,सचिव कृष्णप्रसाद काफ्लेको विरुद्धमा मुद्धा दायर गरेको छ ।

त्यसैगरी कोषाध्यक्ष हिमकुमारी केसी, प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद गौतम, इन्जिनियर सुदिप आचार्य, तल्लो बजार नाली तथा ढलान निर्माण उपाभोक्ता समितिका अध्यक्ष मंगल देवी थापा मगर, सचिव विष्णुकुमारी विक र कोषाध्यक्ष एकनारायण देवकोटाविरुद्ध पनि मुद्दा दायर भएको छ ।

उनीहरूले उक्र बाटोको काममा कमसल काम गरेर दुई फरक ठाउँमा क्रमश २७ लाख ५ हजार ११ रुपैयाँ र ८ लाख ३४ हजार ३२० रुपैयाँ भ्रष्टाचार गरेकोे अख्तियारका सहायकप्रवक्ता देवीप्रसाद थपलियाले बताउनु भएको हो।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस