
नारी बाटिका
काठमाडौं २५ पुस ।
पछिल्लो समयमा देशको पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जस अनुसार कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ भने अहिले तराईका धेरै स्थानमा हुस्सु लागेको छ।
मौसम विभागले जनाए अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा भने हल्का हिमपातको सम्भावना छ।
त्यस्तै आज (शिहिबार)राति कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली हुने छ भने बाँकी भागमा मौसम सफा रहने जनाएको छ। आज बिहान तराईका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना छ ।
चिसो बढीरहेकोले विभागले त्यसबाट दैनिक जनजीवन,स्वास्थ्य,यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने भएकोले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ।








प्रतिक्रिया दिनुहोस