आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

सर्वोच्च अदालतमा दोस्रो पटक महिला नेतृत्व

२०८२ चैत्र १७, मंगलबार मा प्रकाशित ( २ घण्टा अघि) १८३० पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
धादिङ -१७ चैत ।
नेपालको न्यायपालिकामा दोस्रो पटक महिलाले नेतृत्व गर्ने भएका छन् । बुधबारदेखि न्यायाधीश सपना प्रधान मल्लले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी पाउन लाग्नु भएको छ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत आजैदेखि अवकाशमा जाने हुनु भएकोले मल्ललाई कायममुकायमको जिम्मेवारी दिन लागिएको हो ।

यसअघि निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले नेपालको पहिलो प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नु भएको थियो । मुलुकको न्यायलयको मुख्य सर्वोच्च अदालतमा महिलाले नेतृत्व गर्न लागिएको यो दोस्रो पटक हो । सुशीला कार्की प्रधानन्यायाधीश भएको समयमा देशमा धेरै महिलाहरु उच्च पदमा बहाल रहने अवसर प्राप्त भएको थियो ।

२०८१ को असोजमा प्रधानन्यायाधीशमा नियुक्त हुनु भएका राउत करिब डेढ वर्ष उहाँले न्यायालयको नेतृत्व गर्नु भयो । उमेरहदका कारण उहाँ आजदेखी विदा हुनु भएको हो। संविधानिक अनुसार ६५ वर्ष पूरा भएपछी सर्वोच्चका न्यायाधीशहरु स्वतः अवकाशमा जानु पर्ने व्यवस्था छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस