
पोखरा -१८ असार ।
पत्रकार केशवराज पराजुलीको निधन भएको छ ।
२०४० देखि जनमत दैनिकका संस्थापक तथा सम्पादक पराजुलीको ९२ वर्षको उमेरमा गएराति पोखरा महानगरपालिका–३ नदीपुरस्थित उनको निजी निवासमा निधन भएको हो । उनको आज विहान सेती नदी किनार तुलसीघाटमा अन्त्येष्टि गरिएको छ ।
पराजुलीका विभिन्न पत्रपत्रिकामा खोजमूलक लेख रचना तथा थुप्रै कृतिहरु प्रकाशित भएका छन् ।पोखराको पत्रकारिता, शिक्षा र सामाजिक क्षेत्रमा उनको निकै योगदान रहेको पाईन्छ ।
अग्रज पत्रकार पराजुलीका एक छोरा र चार छोरी छन् । उनको निधनमा नेपाल पत्रकार महासंघ, कास्की शाखाले विज्ञप्ति मार्फत दुःख व्यक्त गरेको छ ।












प्रतिक्रिया दिनुहोस