
बिबियु, नारी वाटिका। डटकम
धादिङ -२६ साउन ।
नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीको (ओडिआई) कप्तानमा स्पिनर सन्दीप लामिछानेलाई नियुक्त गरेको छ। यसअघि ओडिआई र टी–२० दुवैको कप्तानको जिम्मेवारीलाई पुरा गरेका रोहित पौडेललाई पदबाट हटाउँदै क्यानले सन्दीपलाई एक दिवसीय ओडिआईको कमान्डको जिम्मेवारी दिएको हो।
सन्दीपले चार वर्षपछि नेपाली टोलीको कप्तानीको जिम्मेवारी पाएका हुन्। यसअघि सन् २०२२ मा कप्तानमा नियुक्ती पाएका थिए । त्यतीबेला उनीमाथि बलात्कारको आरोममा जाहेरी परेपछी उनलाई क्यानले पदबाट हटाएको थियो।
उनको निजी जिवनमा आएको उतारचढाबले नेपाली खेल जगतमा पनि नराम्ररी असर पारेको थियो ।त्यसपछी आईसीसी विश्वकप लिग–२ मा नेपाली टोलीको प्रदर्शन समेत केही खस्कँदै गएकाले क्यानले नेतृत्व परिवर्तन गर्दै सन्दीपलाई नियुक्ती गरेको हो।
पुन :कप्तानको नियुक्त पाएका सन्दीप लामिछानेले नेपाली टोलीको नेतृत्व गर्दै मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप खेल्नेछन्।
क्यानद्वारा मलेसियामा हुने खेलको नेपाली टोलीमा सन्दीप लामिछाने (कप्तान),आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, इशान पाण्डे, गुल्सन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त थामी रहेका छन्।












प्रतिक्रिया दिनुहोस