काठमाडौं ५ फागुन । प्रतिनिधिसभाको बैठकले नेपाल नागरिकता दोस्रो संशोधन विधेयक सम्बन्धी प्रस्ताव आज स्वीकृत गरेको छ। आजको बैठकमा गृहमन्त्री रमेश लेखकले पेश गर्नु भएको विधेयक सभामुख देवराज घिमिरेले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नु भएपछी सदनको बहुमतले स्वीकृत गरेको हो । उक्त विधेयकमाथि प्रतिनिधिसभा नियमावली अनुसार सांसदहरूले आफ्नो संशोधन पेश गर्न सक्ने छन् ।... विस्तृतमा